बाग्लुङमा बस र माइक्रो ठोक्किए, सात घाइते

बाग्लुङमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात यात्रु घाइते भएका छन् ।

कुश्मा नगरपालिकाको मालढुङ्गा नजिकै पोखरा आउँदै गरेको ग १ ख ९२७३ नम्बरको बस र बाग्लुङ जाँदै गरेको बा ४ ख ७९४ नम्बरको माइक्रो एकापसमा ठक्कर खाएका हुन् । घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको धौलागिरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले बस र माइक्रोबस दुवैको चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button