पोखरामा पुस १२ गते नेपथ्यको कन्सर्ट, टिकट बिक्री शुरु

मानवसेवा आश्रम पोखरामा आश्रित असहाय तथा सहाराविहीनहरुको सहयोगार्थ हुन लागेको मानवताका लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को टिकट बिक्री शुरू भएको छ ।

मानवता प्रबर्द्धनको उद्देश्यका साथ पोखरा-२५, हेम्जास्थित बबियातरामा बन्दै गरेका मानवसेवा आश्रमकोे भवन निर्माणलाई पूर्णता दिन र आश्रमका आमाबुवाहरूको स्वास्थ्य उपचार एवम् आपत्कालीन अक्षयकोष स्थापनार्थ पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य समूहले आउँदो पौष १२ गते सांगीतिक प्रस्तुती दिने भएको हो ।

आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाका अनुसार लाइभ कन्सर्टको टिकट पोखरा महानगरपालिका-१६ छोरेपाटन र वडा नम्बर २५ स्थित हेम्जाको बबियातरामा रहेको सेवा केन्द्रबाट प्राप्त गर्न सकिनेछ । त्यस्तै टिकेटिङ पार्टनरको रूपमा रहेको थुप्रै डटकम वा इसेवाबाट पनि टिकेट प्राप्त गर्न सकिने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button