तनहुँमा रड प्रहार गरी सँगै काम गर्ने साथीको हत्या

तनहुँमा शुक्रबार रडले प्रहार गरी एक युवकको हत्या भएको छ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा रहेको रिमाल अटो केयरमा काम गर्दै आएका विरम आलेको रड प्रहारबाट मृत्यु भएको हो ।

२४ वर्षीय आलेलाई सोही अटो केयरमा काम गर्दै आएका २५ वर्षीय नवीन कुमार चौधरीले पछाडिबाट ४-५ पटक रडले प्रहार गरेको प्रहरीले जनाएको छ । रड प्रहारबाट गम्भीर घाइते भएका आलेलाई तनहुँ सेवा हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको थियो । आलेको उपचारका क्रममा मणिपालमा मृत्यु भएको हो ।

प्रहरीले घटनामा संलग्न चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको जनाएको छ । व्यक्तिगत रिसिइबीका कारण उक्त घटना भएको प्रारम्भिक बुझाई रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button