कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीसँगको मतान्तर घटाउँदै एमाले

कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेतापनि नेकपा एमालेले मतान्तर घटाउँदै लगेको छ ।

पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले ३५४९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी विद्या भट्टराईले ३३९९ मत प्राप्त गरेकी छिन् । हालसम्म वडा नम्बर ७ र १५ को मत गणना भइसकेको छ भने वडा नम्बर १७ को मतगणना जारी छ ।

यस क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराल र राप्रपाका सुवर्णराज पन्तले उम्मेदवारी दिएका थिए । सत्तारुढ गठबन्धन बरालले २३८८ मत प्राप्त गर्दै तेस्रो स्थानमा कायम छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button