चलचित्र “रिभेन्ज लभ” को ट्रेलर सार्वजनिक

निर्देशक मन्दिप रानाको तेस्रो फिल्म रिभेन्ज लभको ट्रेलर सार्वजनिक भएको छ ।

यही पुस १५ गते ल्होसारका दिन पारेर रिलिज गर्ने तयारी गरिएको चलचित्रको ट्रेलरमा केही नयाँ र केही पुराना कलाकारहरुको अभिनय देख्न पाइन्छ । चलचित्रमा प्रेममा बदला र समर्पणको कथावस्तु रहेको निर्देशक मन्दिप राना बताएका छन् । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा एक्सन, कोरीयोग्राफी र निर्देशन मन्दिप रानाको रहेको जनाइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चलचित्रमा गीत नवीन घतानेको, संगीत देशभक्त सिंह कुँवरको तथा स्वर रजनी राई र विजय कुमारको रहेको छ । यसैगरी मेकअपमा मोहन लामा, छायाङ्कनमा राहुल राई रहेका छन् भने पोस्टर डिजाइन सबिन गायकले गरेका छन् । चलचितको सम्पादन नेत्र गुरुङ र अशोक आलेले गरेका छन् । चलचित्रको निर्माता नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन रहेको छ भने सहनिर्मातामा विजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेको छ।

चलचित्रका मुख्य कलाकारहरुमा नवीन घताने, देशभक्त सिंह कुँवर, विजय कुमार, अबिराज बि.सि., अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका आदि रहेको छन् । चलचित्रको ट्रेलर भिडियो श्याम शुक्ला को युट्युब च्यानलमा हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button