तनहुँमा मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

तनहुँमा बुधवार मदिरा पिएर श्रीमतीले कुटपिट गर्दा श्रीमानको मृत्यु भएको छ ।

बुधबार अबेर शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल घर भएकी ३६ वर्षीया सुशीला विकले ढुङ्गाले प्रहार गर्दा श्रीमान् मनबहादुर नेपालीको मृत्यु भएको हो । कुटपिट पछि झगडाले उग्र रुप लिँदा विकले ढुङ्गाले श्रीमानको टाउकोमा हानेको प्रहरीले बताएको छ ।

पोखरा-३० सिसुवा स्थायी घर भएका नेपाली हाल डेरामा श्रीमतीसँग बस्दै आएका थिए । घटना घरायसी विवादबाट शुरु भएको र त्यसपछि सुशीलाले मनबहादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

ढुङ्गा प्रहारबाट गम्भीर बनेका मनबहादुरलाई उपचारका लागि अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि सुशीलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button