आगोले जलेर हजुरबुबाको मृत्यु, नाति घाइते

सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध हजुरबुबाको मृत्यु भएको छ भने उनका नाति घाइते भएका छन् ।

घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको छ ।

हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीसमेत जलेर मरेका छन् । यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button