मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरीका जवान बेपत्ता

मर्स्याङ्दी नदीमा खसेर सशस्त्र प्रहरीका एक जवान बेपत्ता भएका छन् ।

शुक्रबार बेशीसहरबाट बिहान मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्न जाने क्रममा लडेर मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ । ३२ वर्षीय महत लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट नदीमा खसेको जनाइएको छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोट घर भएका महतको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएकाे छ । उनी सशस्त्र प्रहरीको २२ नम्बर गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नम्बर गुल्मको हेडक्वार्टर चामे मनाङ जाँदै थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button