डिफेन्डिङ च्याम्पियन एपीएफ आहा–रारा गोल्डकपको सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ क्लब २२ औँ आहा–रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगिताको आजको क्वाटरफाइनल खेलमा धरान फुटबल क्लबलाई २–० ले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफका जीतमा विकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३७ औँ मिनेटमा बुद्धिमान राईले सेन्टरबाट मिलाएको लामो पासमा तामाङले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसको ३ मिनेट पछि नै युवराज खड्काले रिबाउन्डमा पाएको अवसरमा गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । त्यस अघि प्रदीप लामाको पासमा खड्काले मिलाइदिएको अवसरलाई विकु तामाङले डिबक्स बाहिरबाट प्रहार गरेका थिए । सोही प्रहार रोक्ने क्रममा धरानका गोलरक्षक सौरभ बरालले पन्च गर्दा खड्काले अवसर पाएका थिए । खेलमा पहिलो गोल गरेका तथा दोस्रो गोलका लागि मौकाको सिर्जना गरेका विकु तामाङ म्यान अफ दि म्याच घोषित भए ।

अब भोलि सेमिफाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button