पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन कुन रुटमा चल्नेछन् बस ? हेर्नुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको सेवाका लागि सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ ।

विमानस्थल भित्र २ वटा ३-३ मिनेटको फरकमा, विमानस्थलबाट अमरसिंह चोक–विरेन्द्रचोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटाचोक–राष्ट्रबैकचोक हुँदै फिस्टेल गेटसम्म ४ वटा बस १०-१० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट बेगनासतालसम्म नन स्टप सञ्चालन गरिने भएको हो ।

पोखरा बस यातायात प्रालिसँगको सहकार्यमा सञ्चालन गरिएको नियमित सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शुभारम्भ गर्नुभएको थियो । यसले निजी सवारी साधन नभएका यात्रुहरूका विमानस्थल पुग्न सहजता पुग्ने विश्वास गरिएको महानगरले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button