तनहुँमा बस र स्कुटर ठोक्किँदा युवकको मृत्यु

बन्दीपुर गाउँपालिका–५ याम्पास्थित पृथ्वी राजमार्ग सडकखण्डमा बस र स्कुटर एकापसमा ठोक्किँदा आज एक युवकको ज्यान गएको छ ।

बसको ठक्करबाट भानु नगरपालिका–१३ समजुर निवासी ३२ वर्षीय शेखमहमद रखिम मियाँको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको प्र नं ३–०१–००६ ख ०९२४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५५४ नंको स्कुटर एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

बसचालक जिल्ला सिन्धुली गोलञ्जोर गाउँपालिका–४ बस्ने ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button