कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज पुस १८ गते २०७९ साल, सोमबार । तद्नुसार जनवरी महिनाको २ तारिख, २०२३ । पौषकृष्णपक्ष एकादशी तिथि, बणिज करण, भरणी नक्षत्र, सिद्ध योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः५५ मा भयो भने सूर्यास्त ५ः२१ मा हुनेछ ।

आज बिहान ८ः१४ देखि ९ः३२ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य नगर्नु होला । आजको देवता कार्तिकेय र ग्रहदेव केतु रहेका छन् । आजको दिन भवन निर्माण गर्न, व्यापार व्यवसाय गर्न, बाहन तथा कपडा खरिद गर्नका लागि शुभ मानिन्छ । सोमबारको दिन शिवालय यात्रा शुभ हुनेछ । आजको दिन कुनै चलायमान वस्तुको व्यापार र सुन चाँदीको खरिद बिक्रीसमेत उत्तम मानिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – आजको दिन अर्थलाभको योग रहेको छ । व्यापार व्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्व तर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – आज तपाईले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा  छाउनेछ । पारिवारिक समस्याका कारण आय भन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – आजको समय र दिन अनुकुल रहेको छ । नयाँ वस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्नेछ । विहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आजको दिन तपाईको मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिवालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धि हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग सामान्य विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – तपाईलाई अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रशंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – आकस्मिक धनलाभ हुनेछ । आजको दिन तपाईको सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – आज कसैलाई सापटी दिनुभएको छ भने सो रकम प्राप्त हुनसक्छ । तर मन अशान्त रहनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – तपाईको मनमा प्रसन्नता छाउनेछ । कुम्भ राशिका जातकलाई आजको दिन सोचअनुसारको कार्यसफलता र शत्रुमाथि विजयप्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु बेस हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – शिवालयको यात्रा गर्नुहोला । अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिनेछ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिनेछ । आजको दिन तपाईले सिर्जनात्मक काममा ध्यान दिनुहोला ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button