कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज पुस १९ गते २०७९ साल, मङ्गलबार । तद्नुसार जनवरी महिनाको ३ तारिख, २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब करण, कृत्तिका नक्षत्र, साध्य योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः५६ मा भयो भने सूर्यास्त ०५ः२१ मा हुनेछ ।

आज बिहान ११ः४८ देखि १२ः२९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । आजका देवता सावित्री, ग्रहदेव शुक्र रहेका छन् । मंगलबारको दिन गणेश र हनुमानको मन्दिरमा दर्शन र पूजन गर्दा मनमा शान्ति प्राप्त हुनेछ । मंगलबार प्राविधिक कार्य शुभारम्भ गर्दा राम्रो हुनेछ । अचल सम्पत्तिको कारोबार गर्दा पनि उत्तम हुनेछ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउनेछ । धनलाभ, स्वास्थ्यमा अनुकुलता र विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा फलदायी भन्दा बढी कष्टकर हुनेछ । यात्रा गर्नैपर्नेछ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । आजको दिन शुभ रहेको छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – मिथुन राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आराधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । आज नयाँ काम गर्न पनि सक्नुहुनेछ । यात्रा गर्दा पनि सफल र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । परिवारमा ससाना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा तपाईलाई नै हानी हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – सिंह राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । मंगलबार कुनै नयाँ कामको शुरुवात हुन सक्छ भने मानसम्मान पनि मिल्न सक्छ । व्यवसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटासाट गर्दा फाइदा हुनेछ । बालक र वृद्धलाई खानेकुरा दिनु उत्तम हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) – आजको दिन त्यति अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउनेछ । आजको दिन सकारात्मक सोच राख्नुहोला । यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्य र आफन्तसँग विवाद हुनसक्छ । सोचविचार गरेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । आजको दिन सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा आज सफलता मिल्नेछ । तपाईलाई परेका समस्याका समाधानका बाटा खुल्दै जानेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउनेछ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । नियमित काम बाहेक नयाँ काम गर्दा सोच विचार गरेर मात्र गर्नु बेस हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – मीन राशिका जातका लागि मंगलबार सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button