आहा रारा गोल्डकपको सेमिफाइनल आजदेखि, संकटा र एपीएफ भिड्दै

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करणमा आज पहिलो सेमिफाइनल खेलमा संकटा क्लब र विभागीय टोली एपीएफ क्लबले भिड्ने भएका छन् ।

मध्यान्ह साढे १ बजेदेखि पोखरा रंगशालामा हुने खेलमा साविक विजेता सशस्त्र प्रहरीको एपिएफ टोली उपाधि रक्षा गर्ने उद्देशसहित मैदानमा उत्रनेछ । यता क्वाटरफाइनलमा अर्को विभागीय नेपाल आर्मीलाई हराएको संकटा क्लब पनि उच्च आत्मविश्वासका साथ मैदानमा उत्रनेछ । २०७७ सालको उपाधि विजेता संकटा र २०७८ सालको उपाधि विजेता सशस्त्रबीचको खेल निकै रोचक बन्ने अनुमान दर्शकले गरेका छन् ।

यसैगरी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र पाहुना टोली भुटानिज यूथ स्पोर्टस क्लब, मिन्नेसोटा अमेरिका भिड्ने भएका छन् । चर्च ब्याइजले नेपाल पुलिस क्लब मच्छिन्द्र क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने भुटानिज युथले प्रतियोगिता कै दाबेदार मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिमा स्थान बनाएको हो ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button