कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज पुस २१ गते २०७९ साल, बिहीबार । तद्नुसार जनवरी महिनाको ५ तारिख, २०२३ । पौषशुक्लपक्ष चतुर्दशी, गर करण, मृराशिरा नक्षत्र, शुक्ल योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५६ मा हुनेछ भने सूर्यास्त ५ः२२ मा हुनेछ । आजका देवता पार्वती र ग्रहदेव चन्द्र हुन् ।

बिहीबार अध्ययन अध्यापन, लेखन र अनुसन्धानको काम गर्दा शुभ हुनेछ । आज ११ः४८ देखि १२ः२९ सम्म शुभ समय रहेको छ । बिहीबार व्रत गर्दा अध्ययन अध्यापन गर्ने व्यक्तिका लागि शुभ हुनेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिका जातकका लागि सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । तपाईको स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – आजको दिन आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको अर्थ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिनेछ । आजको दिन कुनै देवालय र शिवालयको यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – तपाईको मनमा खुसियाली छाउनेछ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – कर्कट राशिका जातकले आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । तपाईको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्न पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँग भेट गर्दा फाइदा हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – सिंह राशिका जातकले हरेक बिहीबार सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – आजको दिन यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिनेछ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ वस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) – आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुनेछ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर अशक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – आज सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्नेछ । कुनै नयाँ कामको शुरुवातसमेत गर्न सक्नुहुनेछ । आजको दिन सुुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्यवान र मौन रहनु नै बेस हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – परिवार तथा आफन्तजनको सहयोगले कार्ययोजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर मनमा उत्साह थपिनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ । चन्द्रमाको साथ रहेकाले आफ्नो कर्मयात्रामा सफलता मिल्नेछ । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकलाई आज रचनात्मक काममा मन जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – आज मनमा खुसी छाउनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र तपाईले गरेको कामबाट खुसीयाली छाउनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – सूर्योदयको वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । मीन राशिका व्यक्तिका लागि बिहीबार विशेष दिन हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button