पोखराका गुरुङको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा मृत्यु

पोखराका एक युवकको आफ्नै छतमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा मृत्यु भएको छ ।

पोखरा-१६ माथिल्लो दिप बस्ने १९ वर्षीय श्रम गुरुङको आफ्नै दुई तले घरको छतमा गएको बेला अचानक हाईटेन्सन लाइनबाट करेन्ट लागेको थियो । आज बिहान करिब साढे ९ बजे करेन्ट लागेर घाइते भएका गुरुङको मणिपाल अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button