दुर्घटनामा मृत्यु भएका पुरुषको सुनको ब्रासलेट चोर्ने सुरक्षागार्ड पक्राउ

चितवनमा सवारी दुर्घटनामा मृत्यु भएका एक पुरुषले लगाएको सुनको ब्रासलेट चोर्ने अस्पतालका सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस १७ गते ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका ३७ वर्षीय पुरुषको हातको ब्रासलेट चोरेको अभियोगमा खोटाङ ऐसेलुखर्क-६ घर भएका २७ वर्षीय कृष्ण राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घाइते अवस्थामा भरतपुर अस्पताल पुर्याइएका पुरुषको मृत्यु भए पछि आकस्मिक कक्ष नजिकै राखिएको शवबाट राईले ब्रासलेट चोरेका थिए ।

चोरीको ब्रासलेट राईले लुकाईछिपाई राखेको प्रहरीले जनाएको छ । प्रहरीले राईलाई चोरी कसुरमा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धानका लागि हिरासतमा राखिएको पनि जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button