आहा रारा गोल्डकपको उपाधि संकटालाई

भुटानिज युथ ३-२ ले पराजित

२२ औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । आज भएको फाइनलमा अमेरिकाको भुटानिज युथ स्पोर्टस् क्लबलाई ३-२ ले हराउँदै संकटाले दोस्रो पटक उपाधि चुमेको हो ।

पोखरा रंगशालामा भएको खेलमा आज संकटाले सुरज ज्यु ठकुरीको गोलमार्फत अग्रता हासिल गर्यो । पहिलो हाफमै संकटाका क्यामरुनी खेलाडी मेसोके ओलोमोउले गोल गर्दै टोलीलाई २-० ले अघि पारे । निकै रोचक पहिलो हाफमा भुटानिज युथले उत्कृष्ट पुनरागमन गर्यो ।

निर्धारित समय २-२ को बराबरीमा रोकिएपछि थपिएको समयको ११७ औँ मिनेटमा सुनिल बलले गोल गरेपछि संकटाले खेल ३-२ ले जित्न सफल भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button