गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमो उडान सफल

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज भएको डेमोस्ट्रेसन उडान सफल भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११:११ बजे उडेको तारा एयरको ९एन-एएलओ ट्वीनअटर जहाज रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा अवस्थित रेसुङ्गा विमानस्थलमा अवतरण गरेको हो ।

डेमोस्ट्रेसन उडानमा सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र बहादुर कार्की लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी सवार रहेका थिए । डेमोस्ट्रेसन उडान भनेर आज नगरपालिकाले कार्यालयमा बिदा पनि दिएको छ ।

२०६३ सालमै निर्माण शुरु गरिए पनि विमानस्थल १६ वर्षपछि मात्रै सम्पन्न भएको हो । पाँच सय २० मिटर रहेको विमानस्थलको रनवे २० मिटर चौडा रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा रहेको छ । ३३ करोडको लागतमा सो विमानस्थल तयार भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button