पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यदर अनुसार पेट्रोल लिटरको १७५ रुपैयाँ कायम भएको छ । त्यसैगरी डिजेल र मट्टीतेल पनि लिटरको १७२ रुपैयाँ कायम भएको छ । डिजेल र पेट्रोल दुबैको मूल्य ३-३ रुपैयाँले घटेको हो ।

त्यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि आन्तरिक उडानतर्फ प्रति लिटर २० र बाह्य उडानतर्फ ३० रुपैयाँले घटाएको छ । खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत नै रहेको छ ।

केही दिन अघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मुल्य घटाउन निर्देशन दिएका दिए । अन्तर्राष्ट्रिय मूल्यमा भारी कटौती हुँदा पनि निगमले भने सर्वसाधारणलाई कुनै सहुलियत दिएको थिएन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button