गण्डकी विश्वविद्यालयले शिक्षकलाई खेलकुद प्रशिक्षण तालिम दिने

गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबीच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो ।

सम्झौताअनुसार माघ १८ देखि २१ सम्म तालिम चितवनका स्कुलका खेलकुद शिक्षक, क्लबका सदस्यलाई तालिम प्रदान गरिनेछ । ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट कार्यक्रमका कोडिनेटर डा मधु सुदन सुवेदी र पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजमेन्ट (बिएसएम) नेपालमा पहिलोपटक अध्ययन अध्यापन शुरु गरेको हो । कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिप्लोमा उतीर्ण गरेकाहरुले बिएसएमको अध्ययन गर्न पाउछन् ।

४ वर्षे कोर्षको ८ सेमेष्टर अन्तर्गत अध्ययन अध्यापन हुने स्पोर्टस म्यानेजमेन्ट (बिएसम)ले नेपाली खेलकुदको जगलाई अझ बलियो बनाउन सहयोग पुग्ने भन्दै उद्देश्यका साथ विश्वविद्यालयले यो विषयको शुरुआत गरेको हो । ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबले मङ्सिरमा जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना गरेको थियो ।

स्थापनादेखि नै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। अध्यक्ष तिमिल्सिनाका अनुसार सबै गरेर ३० जना यो प्रशिक्षणबाट लाभांवित हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button