पोखराको पृथ्वीचोकबाट तीन किलो चरेससहित एक पक्राउ

पोखराको पृथ्वीचोकबाट तीन किलोभन्दा बढी लागूऔषध चरेससहित एक युवक पक्राउ परेका छन् ।

रुकुम(पूर्व) पुथा उत्तर गंगा गाउँपालिका वडा नं.१२ घर भएका विरेन शाहीलाई यही पुस २२ गते शुक्रबार प्रहरीले चेकजाँचमा क्रममा चरेससहित पक्राउ गरेको हो । ३५ वर्षीय शाहीको साथबाट तीन किलो तीन सय ग्राम चरेस र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालत बाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button