पोखरा महानगरपालिकाको १२ औँ नगरसभा आज मङ्गलबार बस्दै छ । १२ औँ नगरसभाको आवश्यक तयारी पनि पुरा भइसकेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा सभागृहमा हुने नगरसभालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारी पुरा गरिएको हो ।
‘पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलबार बस्दैछ, हामीले यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने तयारी गरेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, ‘तयारीका लागि विभिन्न समितिहरू निर्माण गरिएका छन्, उनीहरूले आ–आफ्नो जिम्मेवारी सावधानी पूर्वक सम्पन्न गरिसकेका छन् ।’ आफूहरू “समुन्नत पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार” भन्ने ध्येयका साथ अगाडी बढेको बताउँदै उहाँले नगरसभाका सदस्यहरूबीच महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल गरिने बताउनुभयो ।
दिउँसो २ बजे बस्ने नगरसभाको उद्घाटन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गर्नुहुनेछ । त्यस अघि बिहान ११ बजे कार्यपालिका बैठक बस्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution