प्रम दाहाललाई संसदमा ९७ प्रतिशत सांसदको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आज ९७ प्रतिशत भन्दा बढी सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको हो ।

दाहाललाई नेपाली काङ्ग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका हुन् । पक्षका २६८ र विपक्षमा परेका दुई मतबाहेकका अन्य पाँच सांसद भने बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते नेपालको संविधानको धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

करिब शतप्रतिशत विश्वासको मत पाएसँगै दाहाल नेपाली इतिहासकै एक शक्तिशाली प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button