पोखरामा निर्माण सामाग्री चोरी गर्ने दुई पक्राउ

पोखरामा बन्दै गरेको घरको निर्माण सामाग्री चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

बुधबार राति करिब १० बजे पोखरा महानगर -२५ बडहरेका अर्जुन थापाको बन्दै गरेको घरबाट घर निर्माणमा प्रयोग गरिएका फलामको फोल्डिङ टेका, ट्रष्ट पाईप र ट्रष्ट पाईपमा प्रयोग हुने क्ल्याम बोल्ट चोरी भएका थिए । थापाको उजुरीका आधारमा बगर वडा प्रहरीले पोखरा-१ कसेरी बस्ने २४ वर्षीय राजु गुरुङ र कास्की-१६ लामाचौर बस्ने ३० वर्षीय गणेश कुनार राईलाई उक्त सामानसहित पक्राउ गरेको हो ।

प्रहरीले कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा दिन दश म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button