पोखरामा ७ रोपनी जग्गामा फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर

पोखरा न्यूज। फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

सर्भिस सेन्टरको एक समारोहबिच नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धुर्ब बहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रूपमा  उद्घाटन गरेका हुन् ।

फोर्स मोटर्सले आफ्ना ग्राहकलाई गाडी बिक्री गरेपछिको सहि र सहज किसिमको सेवा दिनको लागि सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कार्यक्रममा जानकारी दिईएको छ ।

गाडी बिक्री पछिको आधुनिक सेवा तथा पार्टपुर्जाहरूको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको अध्यक्ष थापाले बताए ।

फोर्स मोटर्सको चाउथेमा सो रुम पनि यसअघिबाटै सञ्चालनमा रहेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा अत्याधुनिक सेवा सुविधाका साथ गाडीको मर्मत गर्ने र पार्टपुर्जा फेर्नका लागि अब कुनै कठिनाइ नभएको थापाले जानकारी दिए ।

सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको छ । सेन्टरबाट ग्राहकले गाडीको स्पेयर्स तथा सर्भिस सेन्टर एउटै स्थानबाट छिटो छरितो आधुनिक सेवा दिइने आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए ।

बितेका ८ वर्षदेखि आयम इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल फोर्स ब्राण्डका गाडीहरू आयात र बिक्री वितरण गर्दै आएको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिपको बिक्री वितरण गर्दै आएको छ ।

यस्तै कम्पनीले पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरको एम्बुलेन्स बिक्री गर्दै आएको छ ।

कम्पनीका काठमाडौँको गैरीधारा तथा इटहरीमा आफ्नै शाखा रहेका छन् । यसका देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सका गाडीहरू बिक्री र बिक्री पछिको सेवा दिइँदै आएको सो अवसरमा जानकारी दिइयो ।

आयाम कन्टिनेन्टलले फोर्स मोटर्सका नयाँ मोडलका बस र जिपहरू छिटै नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको छ । केही समयअघि गुर्खा जिप नेपाली बजारमा ल्याइएको थियो ।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुयश मल्ल, स्थानीय यातायातका प्रदेश संयोजक केदार पौडेल, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष मोहनबाबु खड्का, फोर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्दै बिक्री मात्रै नभई बिक्री पछिको समयमा पति ग्राहकका लागि सबै सुविधा एकै ठाउँबाट दिने गरी सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु महत्त्वपूर्ण कार्य भएको बताए ।

मिलन केसीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धुर्व बहादुर थापाले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button