अब बोतल र जर्किनमा पेट्रोल भर्न नपाइने

जिल्ला प्रहरी कार्यालय काठमाडौँले बोतल र जर्किन जस्ता भाँडामा पेट्रोलियम पदार्थ बिक्री नगर्न पम्प सञ्चालकहरूलाई निर्देशन दिएको छ ।

प्रहरीले काठमाडौँका केही पेट्रोल पम्पले खुल्लारुपमा बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री वितरण गरेको भन्दै सो कार्य रोक्न सुचना प्रकाशन गरेको हो । सुचनामा पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी भएर मानवीय एवम् भौतिक क्षति हुनसक्ने भन्दै बोतल, जर्किनमा पेट्रोल नभर्न भनिएको छ ।

सुचना विपरीत बोतल जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही हुने पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button