अब हरेक अन्तर एटिएम कारोबारमा १५ रुपैयाँ शुल्क लाग्ने

अब देखि हरेक अन्तर एटिएम कारोबारमा १५ रुपैयाँ शुल्क लाग्ने भएको छ ।

राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ अनुसार अब देखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको मेसिनमा प्रयोग गर्दा हरेक पल्ट शुल्क लाग्ने भएको हो । यस अघिको निर्देशन २०७८ अनुसार मासिक २ वटासम्म अन्तर एटीएम कारोबार निशुल्क गर्न सकिन्थ्यो ।

निर्देशनले अन्तर बैंक हुने एटिएम भुक्तानीमा लाग्ने शुल्क भने घटाएर १५ रुपैयाँ बनाएको छ । बैंक तथा वित्तीय संस्थाले पहिले २० रुपैयाँसम्म लिइरहेको अन्तर एटीएम शुल्क अब हरेक कारोबरमा अधिकतम १५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । एटिएमबाट अब प्रति कारोबार २५ हजार, दैनिक १ लाख र मासिक ४ लाखसम्म झिक्न पाइनेछ ।

यस्तै मोबाइल एपमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा प्रति कारोबार १० रुपैयाँ शुल्क लाग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button