पोखरामा शिवरात्रिका अवसरमा खुला भजन प्रतियोगिता हुने

पोखरा महानगरपालिका-४४ गैर्हापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्रि पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ ।

धर्म संस्कृतिको संरक्षणको उद्देश्यसहित आगामी फागुन ६ गते शिवरात्रि पर्वका दिन गैँर्हापाटनस्थित सर्वेश्वर महादेव मन्दिरको प्राङगणमा भजन प्रतियोगिता गर्न लागिएको नारी समूहका अध्यक्ष मीनु कोइरालाले जानकारी दिनुभयो । नारी समूहले विगतका वर्षहरुमा समेत कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा प्रतियोगिता कोरोनाका कारण रोकिएको थियो ।

भजन प्रतियोगिताको विजेता समुहले रु ३० हजार, द्धितीयले रु २० हजार, तृतीय हुने टोलीले रु १५ हजार र सान्त्वना हुनेले रु सात हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी नृत्य र भेषभुषामा उत्कृष्ट हुनेलाई रु तीन हजार ५०० सयका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

“सनातन धर्म, संस्कृति र सनातनदेखि चलिआएका सांस्कृतिक पर्वहरूहरुको संरक्षणका लागि भजन प्रतियोगिता आयोजना गरेका हौ।” अध्यक्ष कोइरालाले भन्नुभयो । पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली मौलिक संस्कृति तथा पर्वहरु हराउँदै जाने अवस्थालाई न्यूनीकरण गरी नयाँ पुस्तालाई संस्कृतिको संरक्षणमा अग्रसर गराउन समेत प्रतियोगिताले मद्धत पुग्ने विश्वास आयोजकको छ ।

प्रतियोगिता सम्पन्न गर्न रु तीन लाख चार हजार खर्च लाग्ने नारी समुहका कोषाध्यक्ष रचना कोइरालाले बताउनुभयो । स्थानीय सरकार, विभिन्न संघ सस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेर खर्चको व्यवस्था गरिने आयोजकको भनाई छ ।

वि सं २०५२ मा स्थापना भएको सर्वेश्वर नारी समुहले शिवरात्रि र तीज पर्वमा खुला प्रतियोगितासहित महिला सशक्तिकरणका लागि विभिन्न सीपमुलक तालिमजस्ता सामाजिक कार्यहरु गर्दै आएको सचिव सचिव इनु कोइरालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button