विवाह बन्धनमा बाँधिइन् गायिका बर्तिका राई

गायिका बर्तिका एम राई गायक युगल गुरुङसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

शुक्रबार ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्केटमा राई र गुरुङ विवाहबन्धनमा बाँधिएका हुन् । असोज २४ मा इन्गेजमेन्ट गरेका उनीहरुले परम्परागत रुपमै विवाह गरेका हुन् । बर्तिका नेपाली युवा सङ्गीतप्रेमी माझ ग्लुमी किसिमका गीत गाएर परिचित रहेकी छिन् । उनको निदरी, विम्बाकाश, हवाईजहाज, तरललगायतमा गीत चर्चित रहेका छन् ।

बेलायत बस्दै आएका युगल गुरुङ पनि सङ्गीतमै आवद्ध रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button