तनहुँमा ८४ वर्षीया आमाको हत्या आरोपमा छोराबुहारी पक्राउ

तनहुँको बन्दिपुर गाउँपालिकामा आफ्नै ८४ वर्षीया आमाको हत्या गरेको आरोपमा छोराबुहारी पक्राउ परेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका-३ सेराटार घर भएकी माया सर्किनीको हत्या आरोपमा उनको छोरा बुहारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उनकै ४७ वर्षीय छोरा राजकुमार सार्की र ३५ वर्षीया बुहारी सुशीला मजाकोटी रहेको प्रहरीले जनाएको छ । मृतकलाई सोमबार बिहान अनुहारमा घाउचोट लागेको अवस्थामा भेटिएको थियो ।

मृत्युपश्चात गाईगोठमा आगो लगाई आगलागीबाट मृत्यु भएको देखाउन खोजेको प्रहरीले आंशका गरेको छ । आगलागीबाट गोठ पुर्णरुपमा नष्ट भएको छ भने गोठमा रहेको गाई पनि मरेको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button