पोखरामा बलराम गौतमको श्रद्धाञ्जली सभा आयोजित

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बलराम गौतमको पाँचौ दिनको पुण्य तिथिमा नेकपा एमाले कास्कीले श्रद्धाञ्जली सभा गरेको छ ।

गत माघ २८ गते वीरगञ्जमा मृत फेला परेका गौतमको आज पाँचौ दिनको तिथिमा एमाले कास्कीले उनको निवासमा श्रद्धाञ्जली सभा गरेको हो । सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले स्वर्गीय बलरामले पार्टीमा पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए । उनले बरालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष तथा संघीय सांसद मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव बैनबहादुर क्षेत्रीले गौतमले समाज परिवर्तनमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

पोखरा ४ गैह्रापाटन निवासी गौतमको घरमा आयोजित श्रद्धाञ्जली सभामा एमालेका नेता तथा कार्यक्रमको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button