चामलको बोरा भित्र पाँच किलो गाँजा, दुई पक्राउ

चामलको बोराभित्र गाँजा लुकाएर ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका-८ चित्रे घर भएका २४ वर्षीय विशाल सुनार र २८ वर्षीय दिवस गुरुङ रहेका छन् । उनीहरु सवार ग.१३ प. ६३६४ नम्बरको भिआर मोटरसाइकललाई बुधबार दिउँसो २:३० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी चौकी मुग्लिङ पुलजिपको चेकपोष्टमा जाँच गर्नेक्रममा लागूऔषध फेला परेको हो ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेका उनीहरूको साथबाट जेब्रा झोलामा २ वटा पोलिथिन ब्यागमा १ के.जी. ५२० ग्राम र चामलको बोरा भित्र ५ के.जी. ७८५ ग्राम गरी कुल जम्मा ७ के.जी. ३०५ ग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको हो । पक्राउ परेका दुईजनालाई तनहुँ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button