विश्वकप छनोटको अन्तिम खुड्किलोमा युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

सन् २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकपको छनोटका लागि भइरहेको एसिया लिगको अन्तिम खेलमा नेपालले युएईविरुद्ध ब्याटिङ गर्दैछ ।

खेलको ८ ओभर सकिँदा नेपालले तीन विकेट गुमाउँदै २२ रन बनाएको छ । नेपालका देव खनाल आठ र उत्तम मगर दुई रन बनाउँदै क्रीजमा रहेका छन् । नेपालका ओपनर खाता नखोली, अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रन बनाएर आउट भएका हुन् ।

पाँच देश सहभागी लिगमा नेपाल र युएई दुवैले आफ्ना अघिल्ला सबै चार खेल जितिसकेका छन् । त्यसैले आज हुने दुई देशबीचको खेल फाइनलसरह रहेको छ । नेपालले आजको खेल जित्दै अघिल्लो विश्वकपमा युएईसँगको एक रनको हारको बदला लिने दाउमा छ भने युएई पुरानो जीतलाई पुनरावृत्ति गर्दै विश्वकपमा पुन छनोट हुने प्रयासमा हुनेछ ।

अज्मानको इडेन गार्डेनमा हुने खेलमा नेपालले टस जित्दै ब्याटिङको निर्णय गरेको हो । खेल नेपाली समय अनुसार १०:४५ बजे शुरु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button