पृथ्वी राजमार्ग आयो एकतर्फी सञ्चालनमा

आइतबार साँझको वर्षाले अवरुद्ध पृथ्वी राजमार्गको जामुने खैरेनी सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा हिलोमा गाडी फस्दा यातायात प्रभावित बनेको थियो । सडक बन्द दुईतर्फी सञ्चालनका लागि बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा मुग्लिन सडकको निर्माण कार्य भइरहेको छ जसकारण मध्यराति १२ बजेदेखि बिहान ४ बजेसम्म पूर्णतया सवारी आवागमनमा रोक लगाइएको छ ।

राती बाटो बन्द हुने र बिहानै बाटो एकतर्फी मात्रै सुचारु हुँदा यात्रीले भने सास्ती पाएका छन् । सडकमा पीचको काम अझै शुरु नहुँदा धुलाम्मे सडक सानो वर्षाले पनि हिल्लामे बनेर गाडी फस्ने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button