महिला दिवसका दिन दुबई-काठमाडौँ उडानमा ‘अल वुमन क्रु’

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय महिला दिवसका दिन पारेर दुबई-काठमाडौँ उडानमा सबै महिला क्रु मेम्बर राखेर उडान सम्पन्न गरेको छ ।

बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरबस ३२० जहाजलाई पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले उडाएका थिए । यसैगरी एयरहोस्टेसहरु बास्ना राना, पुरन्जक महर्जन, सङ्गीता केसी र अनिशा प्रजापति पनि उडानदलमा सामेल रहेका थिए । विमानस्थलमा अवतरण भएपछि क्रु मेम्बरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

यसअघि नेपाली उड्डयन इतिहासमै पहिलोपटक सोमबार पाइलट पन्त र को-पाइलट रावतले दुबईतर्फ सफल उडान गरेका थिए तर त्यसमा सबै क्रु मेम्बर महिला राखिएको भने थिएन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button