सौर्य एयरलाइन्सले चैत १९ देखि पोखरामा दैनिक चार उडान गर्ने

सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ।

हाल २ वटा उडान गर्दै आएको सौर्यले चैत १९(अप्रिल २) देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिनुभयाे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८:३० बजे र ९:३५ तथा दिउँसो २:४० र ३:३० मा उडान गर्ने तालिका तयार भएको जानकारी उहाँले दिनुभयाे ।

जेट विमानको यात्रा पोखरेलीहरुले धेरै रुचाएको कारण अन्य गन्तव्यको उडान कटान गरेर पोखरामा थप गरिएको कम्पनीले जनाएको छ। जेट विमानबाट पोखरामा २० मिनेटमै पुग्न सकिनेछ भने हाल पोखराको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको छ।

सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा मात्र उडान गर्दै आएको छ । धनगढी र भैरहवाको उडान केही समयका लागि स्थगन गरिएको समेत कम्पनीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button