१३ औँ वर्षमा परिचय एडभरटाइजिङ

पोखरा, ०५ जेठ । विज्ञापन लगानी हो खर्च होइन भन्ने उद्घोषका साथ पोखरामा सेवा आरम्भ गरेको परिचय एडभरटाइजिङ १३ औँ वर्षमा प्रवेश गरेको छ।

वि.सं. २०६७ जेठ ५ गतेबाट सञ्चालनमा आएको परिचयले डिजाइन, छपाई, इभेन्ट म्यानेजमेन्ट, अनलाइन सञ्चार माध्यम, एलइडी स्क्रिन बोर्ड, होर्डिङ बोर्ड सम्बन्धी काम गर्दै आएको छ ।

कम्पनीमा हाल ३ दर्जनभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रूपमा रोजगार दिँदै आएको जानकारी दिँदै परिचयका सञ्चालक शोभित बस्यालले आगामी दिनमा व्यावसायिक क्षमताको विस्तारसँगै दक्ष कामदारमा समेत वृद्धि गर्दै जाने लक्ष्य रहेको बताए ।

सञ्चालक बस्यालले भने, ‘परिचयले आफ्नो आयाम र आयतन निजी क्षेत्रबाट विस्तार गरेको जानकारी दिन पाउँदा हामी हर्षित छौँ । विज्ञापन, डिजाइन र इभेन्ट म्यानेजमेन्ट क्षेत्रमा हामीलाई हाम्रा ग्राहक वर्गले अलग पहिचान दिलाउनुभएको छ । हामी यो साथ र सहयोगलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै निरन्तर सहकार्यको विश्वास राखेका छौँ ।’

सबैको सद्भाव, सहकार्य र सहसम्बन्ध नै परिचयको कार्यसम्पादनको ऊर्जा भएको उल्लेख गर्दै सञ्चालक बस्यालले समस्त सेवाग्राही, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, नियोग लगायत विज्ञापनदाता, पाठक दर्शक सबैमा अझ परिष्कृत चुस्त दुरुस्त सेवा प्रवाह गर्न कटिबद्ध रहेको बताए।

१३ वर्षको दौरानमा परिचयले गण्डकी प्रदेशको राजधानी, पर्यटकीय सहर पोखराको मुटु पृथ्वीचोकमा प्रदेशकै सबैभन्दा ठूला एलइडी स्क्रिन बोर्ड स्थापना र सञ्चालन गरेको उनले बताए ।

विज्ञापन भनेकै उद्योग र व्यवसायलाई प्रवर्द्धन गर्ने माध्यम भएकाले यसमा सरोकारवाला पक्षले व्यवसायलाई प्रोत्साहन गर्ने खालका नीति निर्माण गरी लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्ने बस्यालको भनाई छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button