पोखराको लेकाली सेकुवा रेष्टुरेण्टमा प्रस्तुति दिँदै प्रकाश सपुत, प्रवेश शुल्क १ हजार

पोखरा, ०९ जेठ । पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुति रहने भएको छ ।

बारको ग्राण्ड ओपनिङको अवसरमा आगामी जेठ १३ गते शनिबार चर्चित लोकदोहोरी गायक सपुतको प्रस्तुति रहने होटल टास्कका सञ्चालक मीन गुरुङले जानकारी दिए ।

शनिबार अपराह्न ४ बजेदेखि सुरु हुने ग्राण्ड ओपनिङ कार्यक्रममा बहुचर्चित गायक तथा मोडल प्रकाश सपुतसहित स्थानीय लोक ब्याण्डको समेत प्रस्तुति रहने छ । उक्त कार्यक्रममा प्रवेश शुल्क रु. १ हजारको टिकटको व्यवस्था गरिएको र  टिकटमा एउटा क्यान बियर निःशुल्क उपलब्ध गराइने सञ्चालक  गुरुङले बताए।

गोर्खा ब्रुअरीको सहकार्य रहेको उक्त कार्यक्रमका सहभागी हुनका लागि पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपर मार्केट, लेकसाइडको कफी ब्रेक र डुंगा रेष्ट्रो एण्ड लाउन्ज बार, चिप्लेढुंगामा रहेको रुपा हिल दोहोरी साँझ,लेकाली चुलो घर र होटल टास्कको तीन वटै आउटलेटका फेसबुक पेज अनलाइनबाट समेत टिकट खरिद गर्न सकिने गुरुङको भनाइ छ ।

“सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने उद्घोषका साथ सञ्चालित लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारले विभिन्न प्रकारका बियरहरूसहित पोर्क ( कालो धराने बंगुरको परिकारहरू) मटन, चिकन र बफका परिकारहरू बिक्री गर्दै आइरहेको छ । यहाँ आउने ग्राहकको रोजाइमा खानाका परिकारहरू सहित स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत पर्न सफल भएको सञ्चालक गुरुङले बताए ।

कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला सेवामूलक व्यवसायमार्फत ग्राहकहरूलाई सर्वसुलभ मूल्यमा बियर र खानाका परिकारहरू पस्कँदै आइरहेको  गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button