
कोशी प्रदेशमा पहिचान पक्षधरहरुले गरेका गतिविधिलाई इङ्गित गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै किसिमको हिंसात्मक गतिविधिलाई सरकारले छुट नदिने बताएका छन् ।
आज संसदमा एमाले सांसद योगेश भट्टराईले नेकपा एमालेका नेताहरु लक्षित गरी कोशी प्रदेशमा आक्रमण भइरहेको भन्दै गृहमन्त्रीसँग जवाफ मागेका थिए । बिहीबार इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुखमाथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेका थिए भने सवारीसाधन तोडफोड गरेर मोबिल पनि खन्याइएको थियो ।
संसद सामू जवफ दिँदै गृहमन्त्री श्रेष्ठले घटनाका दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकेको जनाएका छन् । उनले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने पनि बताएका थिए ।