फोर्ड र जनरल मोटर्सले टेस्ला कम्पनीको चार्जिङ प्रणाली प्रयोग गर्ने

अमेरिकाका प्रमुख अटोमोबाइल कम्पनी फोर्ड र जनरल मोटर्सले टेस्ला कम्पनीको विद्युतीय चार्जिङ प्रणाली प्रयोग गर्ने भएका छन् ।

फोर्ड र जनरल मोटर्स दुवै कम्पनीले टेस्लाको उत्तर अमेरिकी चार्जिङ स्ट्यान्डर्ड नामक सुपर चार्जर नेटवर्कलाई प्रयोग गर्ने निर्णय गरेसँगै अब अमेरिकाको ७० प्रतिशत चार्जिङ पुर्वाधार टेस्ला कम्पनी कै हुनेछ । यस सँगै टेस्लाको सुपरचार्जर प्रविधि त्यहाँको समग्र विद्युतीय चार्जिङ उद्योगको चार्जिङ मापदण्ड बन्न सक्ने जनाइएको छ ।

सरकार समर्थित कम्बाइन्ड चार्जिङ सिस्टस अर्थात सिसिएस भन्दा टेस्लाको चार्जिङ प्रणाली व्यापक र भरपर्दो रहेको जानकारहरुको भनाई छ । सिसिएसको प्रणाली भरपर्दो नहुँदा विद्युतीय सवारीका सम्भावित ग्राहकहरु सडकमै अलपत्र हुने डर मान्ने गरेको अध्ययनहरुले देखाएको छ ।

यता टेस्लाको प्रणालीलाई मुख्य सवारी निर्माताहरुले अनुमोदन गरेसँगै टेस्ला कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । शुक्रबार मात्रै टेस्लाको सेयर मूल्य ६ प्रतिशतले वृद्धि भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button