काठमाडौंमा गोली चल्यो, एक जना प्रहरी नियन्त्रणमा

लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा काठमाडौंमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागि विकास भगत नाम गरेका एक पुरुष घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ । प्रहरीले पछ्याउने क्रममा भागेर एक घर भित्र प्रवेश गरेका भगतलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताएको छ ।

भगतको साथबाट १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button