छ किलो गाँजासहित युवक पक्राउ

तनहुँमा छ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् ।

तनहुँको आबुँखैरेनी गाउँपालिका-४ बेनिटारमा प्रहरी चेकजाँचका क्रममा धादिङको नीलकण्ठ नगरपालिका-७ सुनौलाबजार घर भएका कृष्ण बहादुर खड्का ठूलो परिमाणको गाँजासहित पक्राउ परेका हुन् । २२ वर्षीय खड्का यात्रुवाहक बसमा मुग्लिङबाट आबुँखैरेनी आउँदै गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी आबुँखैरेनीका अनुसार उनलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button