पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु भएको छ ।

सोमबार राती सुत्केरी गराउने क्रममा तनहुँकी २७ वर्षीया शर्मिला कुँवर दरै र उनको नवजात शिशुको मृत्यु भएको हो । उनलाई जेठ २८ गते उपचारका लागि गण्डकी अस्पतालमा ल्याइएको परिवार स्रोतले जनाएको छ । तनहुँको व्यास-१२ घर भएकी दरैलाई जेठ २१ गते डेलिभरीको मिति तोकिए पनि दमौली अस्पतालले एक सातापछि पोखरा लैजान भनेको थियो ।

घटना पछि आफन्तजनले चिकित्सकको लापरबाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको आरोप लगाएका छन् । अस्पतालका चिकित्सकले भने दरैलाई एम्युनिटिक फ्ल्युड इम्बोलिजम भएका कारण मृत्यु भएको बताएका छन् । उक्त अवस्थामा बच्चा बस्ने पानी पाठेघरको नशाबाट फोक्सोमा पुग्दछ ।

मृतकका आफन्तजनले भने शव बुझ्न मानेका छैनन् । मृतकको पोस्टमार्टम रिपोर्ट भोलि आउने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button