काठमाडौं महानगरको निर्णयविरुद्ध यातायात व्यवसायी आन्दोलित

काठमाडौं महानगरले काठमाडौं भित्रिने र बाहिरिने सबै सवारी साधनहरु गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न दिएको निर्देशनविरुद्ध यातायात व्यवसायी आन्दोलित भएका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरि महानगरको उक्त निर्णयको यातायात व्यवसायीले विरोध गरेका हुन् । महानगरको निर्णयले यात्रुलाई नै मर्का पर्ने भन्दै व्यवसायीले विभिन्न सुझावसमेत दिएका छन् । बीपी राजमार्ग हुँदै पूर्वका विभिन्न रुटहरुमा सञ्चालन हुने सवारीसाधनहरुले यात्रु पिक एण्ड ड्रप नयाँ बसपार्कबाटै गरिए पनि अन्य अवस्थामा निजी स्तरबाट सञ्चालित मर्मत केन्द्र, प्रालिहरुले निर्माण गरिएका पार्किङ स्थलहरुमा आवतजावत र पार्किङ गर्ने व्यवस्था मिलाउन व्यवसायीले सुझाएका छन् ।

यसैगरी नयाँ बसपार्कबाट हिँडेपछि निम्न स्थानहरुमा यात्रु पिक एण्ड ड्रप गर्ने व्यवस्था गर्न पनि व्यवसायीले सुझाव दिएका छन् –
कोटेश्वरतर्फ (आउँदाजाँदा) : (क) महाराजगञ्ज (ख) गोपीकृष्ण हल धोबीखोला पुल छेउ (ग) तिलगंगा आँखा अस्पताल अघि बागमती पुल छेउमा । (घ) कोटेश्वर ।
कलंकीतर्फ : (क) ब्याट्री कारखाना, (ख) स्वयम्भू (ग) बाफल, (घ) कलंकी ढुङ्गे अड्डा ।
कलंकी – बनेपातर्फ : (क) खसीबजार, सानेपा हाइट, सातदोबाटो, भाटभटेनी कोटेश्वर
बनेपा – बसपार्क हुँदै प्रस्थान गर्ने सवारी : (क) जडिबुटी कामख्य पेट्रोलपम्प अघि (ख) पशुपतिभिजन वा तिलगंगा (ग) धोबीखोला पुलपारी (घ) महाराजगञ्ज

यसबाहेक महानगरलाई व्यवसायीले अन्य विभिन्न सुझावहरु पनि पेश गरेका छन् । महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्न बाध्य हुनेसमेत उनीहरुले चेतावनी दिएका छन् । महानगरपालिकाले भने भोलि असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button