
नेपाल सरकारको मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन् ।
सिंहदरबारमा मन्त्रिपरिषद्को पौने दस बजे बसेको बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । प्रधानमन्त्री कार्यालयमा सचिव पदमा कार्यारत अर्याल यही असार २ गते देखि पाँचवर्षे कार्यकालबाट अवकाश पाउँदै थिए ।
हालका मुख्यसचिव शंकरदास वैरागीलाई भने सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गरेको छ ।





