आइतबारदेखि सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिने

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ । आन्दोलनरत परिषद्ले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै अनिश्चितकालीन विद्यालय गर्ने जनाएको हो ।

परिषद्ले माइतीघरमा दोस्रो चरणको आन्दोलनअन्तर्गत रिले अनशन लगायतका आन्दोलनका कार्यक्रमहरु पनि गर्दै आएको छ । परिषद्ले एक सूचना जारी गर्दै हिजो जेठ ३२ गते भएको आन्दोलनमा प्रहरी लाठीचार्ज तथा निर्मम दमन गरेकोमा घोर भर्त्सना गरेको छ । पहिलो र दोस्रो चरणको आन्दोलन सम्पन्न हुने बेला भइसक्दा पनि सरकार गम्भीर नबनेको परिषद्को आरोप छ ।

नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीको सेवा सुविधाका बारेमा सम्बोधन हुने भनेर उल्लेख गरिए पनि बजेटमा कुनै व्यवस्था नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button