गाँजा सेवन पनि झैझगडा, मुख लागेको भन्दै आफ्नै साथीको हत्या

आफू भन्दा कम उमेरको साथीले मुख लागेको भन्दै आवेगमा आएर एक युवकले ती साथीको हत्या गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियाका २२ वर्षीय ज्ञान बहादुर कुँवरले पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ बस्ने १८ वर्षीय सुमन कुँवरको चापाकलको ह्याण्डिलले प्रहार गरी हत्या गरेका हुन् । जेठ ३० गते साँझ ७ बजेतिर सुमनको शव फेला परेपछि अनुसन्धान गर्ने क्रममा उनकै साथीले आवेगमा हत्या गरेको खुलेको हो ।

गाँजा सेवन गरेपछि भएको सामान्य झगडामा ज्ञान बहादुरले आवेशमा साथीको हत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button