ललितपुरमा मध्य सडकमै बस पल्टियो

ललितपुरमा आज एकाबिहानै मध्य सडकमै बस पल्टिएको छ । लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारमा दुर्घटनाग्रस्त भएको हो ।

बस अनियन्त्रित भएर पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ । बसमा २४ यात्रु रहेको र त्यसमध्ये केही घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि किस्ट तथा बिएण्डबि अस्पताल लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button