
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
यसैगरी अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रति किलोलिटर दुई सय अमेरिकी डलरले मूल्य घटाइएको छ । जुन १५ मा आएको नयाँ मूल्यसुची अनुसार हवाई इन्धनको भाडा घटाइएको हो ।
पेट्रोल, डिजल लगायय अन्य पेट्रोलियम पदार्थको मूल्य भने भने यथावत् नै राखिएको छ । हवाई इन्धनको मूल्य घटेपछि अब हवाई उडानको भाडादर पनि घट्न सक्नेछ ।